उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशनमा सर्वोच्चले भन्यो– मौलिक हक विरुद्ध

95

छिनछिन खबर
काठमाडौं–सर्वाेच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशन संविधानको मौलिक हकको व्यवस्था विरुद्ध भएको ठहर गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को उमेर हद तोक्नु संविधानको व्यवस्था अनुसार व्यक्तिको पेशा व्यवसाय गर्ने मौलिक विपरित भएको भन्दै कार्यान्वयन नगर्न नगराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले २० साउनमा एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाका सिइओको उमेर हद ६५ वर्ष तोकेको थियो ।

यस्तै पदमा वहाल व्यक्तिले पनि ६९ वर्षसम्म मात्रै बैंकको सिइओ हुन पाउने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकको सो निर्देशनपछि प्राइम बैंकका सिइओ नारायणदास मानन्धरले काम गर्न पाएका थिएनन् । राष्ट्र बैंकको सो निर्देशनपछि उनी सर्वाेच्च गएका थिए । मानन्धरको निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणाको इजलासले उमेर हद तोक्न नपाउने आशयको अन्तरिम आदेश दिएको हो ।

Womui
Womui