सुन तोलाकै ७१ हजार, अहिलेसम्मकै उच्च

141

छिनछिन खबर
काठमाडौं– सुन अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । लगातार मूल्य वृद्धि हुँदै जाँदा प्रतितोला ७११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साउन महिनायता सुनको मूल्य अत्यधिका मात्रामा वृद्धि हुँदै गएको छ । यही साउन १५ गते यता सुनको मूल्य प्रतितोला छ हजार रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । अमेरिका–चीन व्यापार टकरावका कारण सुनको मूल्य वृद्धि भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । चाडपर्व नजिकिँदै जाँदा मूल्य वृद्धि भएपछि ब्यापार चौपट्ट भएको व्यवसायीको भनाइ छ । विगतमा दैनिक औसत २० केजी किनबेच हुने गरेको सुन यतिखेर ५–७ केजीमा झरेको शाक्यले बताए ।

Womui
Womui