कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खत्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश, बैंकिङ कीर्ते ठहर

52

छिनछिन खबर
काठमाडौं–उच्च अदालत पाटनले कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ । अदालतले मन्त्री खत्री सहित ५ जनालाई पक्राउ गर्न आदेश दिएको हो । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको आरोपमा पक्राउ गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको हो । अदालतले पक्राउ गर्नका लागि तीन दिनको समय दिएको छ । ५५ लाख ५० हजार र ५५ लाख ३० हजार रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी कीर्ते गर्दा उनी साक्षी बसेका थिए । जसमा बैंकिङ कसुर ऐन २०६४ को दफा १२, १२ (क) र १२ (क) ३ अनुसार कसुर गरेकाले सोही ऐनको दफा १५ को (४) बमोजिम सजाय सुनाएको हो ।

Womui
Womui