लोकसेवा बिज्ञापनबिरुद्धको आन्दोलन प्रहरीसँग झडप

35

छिनछिन खबर
काठमाडौं, साउन २८ । लोकसेवाको बिज्ञापन समावेशी नभएको भन्दै लामो समयदेखि आन्दोलनमा उत्रेको आरक्षण बचाउ आन्दोलन प्रधानमन्त्रीको सरकारी निवाससम्म पुगेको छ । मंगलबार आन्दोलनरत पक्षले प्रधानमन्त्री निवास बालुवाटार घेरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास घेरेपछि आन्दोलनकारी र प्रहरीबीच भिडन्त भएको छ । आरक्षण बचाउ अभियानमा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहेको छ । जनजातिले थालेको आन्दोलनमा संघ संस्थाको समर्थन जुट्न थालेको छ ।

पछिल्लो समय आन्दोलनकारी बालुवाटारमा केन्द्रीत भएका छन् । झडपपछि प्रदर्शनकारी सडकमै धर्ना बसिरहेका छन् । लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेजको माग उनीहरुले राखिरहेका छन् । तर लोकसेवाले भने आफ्नो लिखित परिक्षाको प्रथम नतिजा समेत सार्वजनिक गरिसकेको छ ।

Womui
Womui