भुसाल र चापागाईले भट्टराईसँग माफी मागे

33

कोहलपुर, साउन २७-
नेकपा कोहलपुरका तत्कालिन अध्यक्ष खिलप्रसाद भुषाल र तत्कालिन एमाओवादीका नगर अध्यक्ष तेजप्रसाद चापागाईले माफि मागेका छन् । ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले भुषाल र चापागाईले आफ्नो मानमर्दन हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । भट्टराई नेतृत्वको कार्यसमितिलाई अदालतले नै बैधानिकता दिइसकेको छ । तर, ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरका आजीवन सदस्य समेत रहेका भुषाल र चापागाईले पूर्वाग्रही ढंगले अभिव्यक्ति दिदंै मिडियावाजी गरेको भन्दै अध्यक्ष भट्टराईले उनीहरु विरुद्ध मानहानीको मुद्दा हालेका थिए ।

चापागाई र भुषालले सार्वजनिक रुपमै विज्ञप्ती निकालेर माफी मागेका हुन् । सम्भवतः अदालतमा मुद्दा परिसकेपछि सार्वजनिक रुपमा विज्ञप्ती निकालेर कमैले आफ्नो गल्ती स्वीकार गर्छन् । विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो भाषा र शब्दले तपाईहरु चेतकान्त भट्टराई, रुद्रमणी न्यौपाने र शिबध्वज शाहीको व्यक्तिगत मर्यादामा पर्न गएको चोटप्रति हामी दुखी छौं । उक्त आरोप यसै विज्ञप्तीमार्फत फिर्ता लिन्छौ ।’

Womui
Womui