प्रजातान्त्रिक विचार समाज बाँकेमा सुवेदी

134

नेपालगन्ज, साउन २८-
प्रजातान्त्रिक विचार समाज बाँके गठन भएको छ । प्राध्यापक डा. राजकुमार सुवेदीको अध्यक्षतामा समाज गठन गरिएको हो । नेपालगन्जमा सम्पन्न जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी तथा सल्लाहकार निर्विरोध निर्वाचित गरेको छ ।

समाजको उपाध्यक्षमा दोर्णबहादुर ओली, सचिव चित्रबहादुर शाही, सहसचिव निमेश शर्मा तथा कोषाध्यक्षमा अमृता केसी रहेका छन् । यसैगरी सदस्यमा डा. संकेतकुमार शर्मा(रिजाल), डा. अवनिन्द्रदत्त मिश्र, टेकेन्द्र महतरा, नुतन पौडेल, पारस खड्का, मोहम्मद अयुव सिद्धिकी, शुक्रऋषि चौलागाई, डिल्ली रमन शर्मा र दिलबहादुर केसी रहेका छन् । यसैगरी अधिवेशनले सल्लाहकारमा वरिष्ठ साहित्यकार सनतकुमार रेग्मी, प्राध्यापक डा. राजेशकेशर खनाल, जयनारायण शाह, बीरेन्द्र यादव, ईश्वरीप्रसाद ज्ञवाली, गणेशकुमार रेग्मी, प्रह्लाद कार्की र जयसिंह केसीलाई चयन गरेको छ । समाजमा नेपाली कांग्रेसको विचारसँग नजिक रहेर विभिन्न पेशामा आवद्ध बुद्धिजिवीहरु आवद्ध रहेका छन् ।

Womui
Womui