आठ वर्षमा बाढीपहिरोबाट सोह्र सयको ज्यान गयो, १७ अर्बको क्षति

71

छिनछिन खबर
काठमाडौं–पछिल्ला आठ वर्षमा बाढीपहिरो र अविरल वर्षाका कारण मुलुकभरि सोह्र सयको ज्यान गएको छ । १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । २०६८ वैशाखदेखि हालसम्म बाढीपहिरोसँग सम्बन्धित २ हजार ७ सय १ घटनामा सोह्र सयभन्दा बढीले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार पछिल्ला आठ वर्षमा बाढीपहिरो र अविरल वर्षाले देशले कूल १७ अर्ब २० करोड ८१ लाख ३२ हजार ४ सय ८५ रुपैयाँ बराबरको क्षति पुगेको छ । यस अवधिमा बाढीपहिरो र अविरल वर्षासँग सम्बन्धित २ हजार ७ सय १ घटना रेकर्ड भएका छन् । यी घटनामा परी कूल १ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ । २०७६ सालमा मात्र ६० जनाभन्दा बढीको बाढी तथा पहिरोमा परी मृत्यु भएको छ ।

यो वर्षकोसमेत तथ्यांक जोड्दा पछिल्ला ८ वर्ष २ महिनाको अवधिमा बाढी, पहिरो र अविरल वर्षाका कारण सोह्र सय ३२ जनाले ज्यान गुमाएका छन् ।
बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी पछिल्ला आठ वर्षमा ६ सय ७९ जना बेपत्ता भएको तथ्यांक केन्द्रले तयार पारेको छ । आठ वर्षको तथ्यांक हेर्दा बाढी, पहिरो र अविरल वर्षाले मुलुकमा वार्षिक औसत २ अर्ब १५ करोड रुपैयाँभन्दा बढी क्षति पु¥याउँदै आएको देखिन्छ ।

यी घटनाबाट औसतमा वार्षिक दुई सय जनाको ज्यान जाने गरेको छ । बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी पछिल्ला आठ वर्षमा ६ सय ७९ जना बेपत्ता भएको तथ्यांक केन्द्रले तयार पारेको छ । केन्द्रका अनुसार यो अवधिमा बाढीका कारण ६ सय ८२ जना, पहिरोका कारण ८ सय १८ जना र अविरल वर्षाका कारण ७२ जनाको मृत्यु भएको छ । सोही अवधिमा बाढी, पहिरो र अविरल वर्षाले गर्दा एक हजारभन्दा बढी घाइते भएका छन् ।

यो अवधिमा पहिरोका १ हजार ३ सय ३२, बाढीका ६ सय ८१ र भारी वर्षाका ८ सय ७ घटना गृह मन्त्रालयमा रेकर्ड भएका थिए । पछिल्ला वर्ष २०७५ मात्र बाढी, पहिरो र अविरल वर्षाका कारण २३ करोड रुपैयाँभन्दा बढीको क्षति बेहोर्नु परेको थियो । गत वर्ष ६ सय ६६ घटनामा १ सय २२ जनाको ज्यान गएको थियो ।

Womui
Womui