इद उल जोहामा प्रदेश २ र ५ मा सार्वजनिक विदा

107

छिनछिन खबर
काठमाडौं– मुस्लिम धर्मालम्वीहरुको ठूलो चाड ‘इद उल जोहा’को अवसरमा सोमबार प्रदेश २ र प्रदेश ५ मा सार्वजनिक विदा दिइएको छ । केन्द्र सरकारले भने विदा दिनेरनदिने भन्नेमा निर्णय गरेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विदा दिने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । यसअघि मुस्लिमहरुकै अर्को महत्त्वपूर्ण पर्व इद उल फितरको दिन भने सरकारले सार्वजनिक विदा दिएको थियो । बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजानको ७०औं दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी बलि दिने गर्दछन् ।

Womui
Womui