पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीमा

30

छिनछिन खबर
काठमाडौं–गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीमा प्रवेश गरेकी छन् । पार्टी प्रवेशपछि साझाले २४ वर्षीया सिग्देललाई केन्द्रीय सदस्य बनाएको छ । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ’युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन् ।


पार्टी प्रवेशपछि सिग्देलले अबको नेपाल कस्तो बनाउने भन्ने अभियानमा लाग्ने बताइन् । राजनीतिमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य रहेको समेत उनको भनाइ छ । सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको छ ।

Womui
Womui