मेयरको तलब क्यान्सर पीडित विरहीलाई

118

नेपालगन्ज, साउन २७-
बरिष्ठ पत्रकार तथा साहित्यकार रेशम बिरहीको उपचारका लागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखामा आयोजित कार्यक्रममा मेयर राणाले शाखा अध्यक्ष ठाकुरसिंह थारुलाई डेढ महिनाको पारिश्रमिक हस्तान्तरण गरेका हुन् । सो अवसरमा मेयर राणाले क्यान्सरसँग संघर्षरत पत्रकार विरहीले नेपालगन्जमा पु¥याएको योगदानको स्मरण समेत गरे । मेयर राणाले मासिक पारिश्रमिक सामाजिक काममा खर्च गर्दै आएका छन् ।

Womui
Womui