यस्तो सहर, जहाँ बस्नलाई सित्तैमा घर र ५६५ अमेरिकी डलर दिइन्छ

110

एजेन्सी
काठमाडौं–संसार साँच्चिकै विचित्रको छ । कतै रोजगारी र अभावले सताइरहेको बेला ग्रिसको क्रेट आइल्यान्डस्थित एन्टिकेथेरा सहरमा जनसंख्या बढाउन त्यहाँको सरकारले सित्तैमा घर र गुजाराका लागि ५६५ अमेरिकी डलर तलब दिने घोषणा गरेको छ । एन्टिकेथेरा सहर सफा पानी र ठूलठूला चट्टानका लागि प्रख्यात छ ।

यो सहरमा पर्यटक धेरै आउँछन् । तर २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सहरमा बसोबास गर्ने सुविधा भने केवल २४ जनालाई मात्र छ । यही कारणले छिटै यो सहर मानवशून्य हुने अवस्थामा आउन सक्ने खतरा बढ्दै गएको छ । त्यसैले ग्रिस सरकारले यो खतरालाई टार्न यस्तो योजना सार्वजनिक गरेको हो ।
त्यसो त ग्रिस सरकारको यो योजनालाई केही मानिसले मन पराएका छन् ।

त्यसैले हालसम्म ४ परिवारले त्यहाँ बसोबास गर्न आवेदन दिएका छन् । मानिसको बसोबास बढाउन त्यहाँ बन्द अवस्थामा रहेको स्कुल पनि खोलिएको छ । स्कुल खुल्नासाथ त्यहाँ अहिले बसोबास गरिरहेका मानिसलाई निकै राहत महसुस भएको छ र उनीहरुलाई विश्वास हुन थालेको छ कि अब यहाँ चहलपहल बढ्नेछ ।

बसोबास विस्तारका लागि सरकारले त्यहाँ बैंकिङ, फार्मिङ, फिसिङ र कन्स्ट्रक्सनसँग जोडिएका मानिसहरुलाई आवेदन दिन सरकारले आह्वान गरेको छ । यो सहरमा बसोबास गर्ने मानिसले केही सर्तहरु भने मान्नुपर्नेछ ।

Womui
Womui