सुनको मूल्यमा नयाँ रेकर्ड, अझै कति पुग्ला ?

115

छिनछिन खबर
काठमाडौं–बहुमुल्य पहेँलो धातु सुनको मूल्य वृद्धि हुने क्रम जारी छ । प्रतितोला ७० हजार रुपैयाँ पुगिसकेको सुन अझै कति महँगो हुने हो कुनै ठेगान छैन । तर, लामो समयदेखि सुनको कारोबार गर्दै आएका व्यवसायी भने अन्तर्राष्ट्रिय बजारमा अझै सुन महँगो हुने सम्भावना देखिएको बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्य आउँदो डिसेम्बरसम्म पुग्ने अनुमान गरिएको मूल्य अहिले नै पुगिसकेकाले अझै मूल्य बढ्न् सम्भावना रहेको बताृँछन् । उनका अनुसार आउँदो डिसेम्बरसम्म पुग्ने अनुमान गरिएको प्रतिऔस एक हजार पाँच सय अमेरिकी डलर मूल्य अहिले नै पुगिसकेको छ । उनले अमेरिका र चीबीचको व्यापार विवाद, अन्तर्राष्ट्रिय स्टक मार्केटमा सेयरको मूल्यमा आएको गिरावट र अमेरिकाको केन्द्रीय फेडरल रिजर्भ बैंकले दिँदै आएको निक्षेपको ब्याज घटेपछि यतिखेर लगानीकर्ताको चाप सुन खरिदमा केन्द्रित हुँदा महँगो हुन पुगेको हो ।

पछिल्लो समयमा भारतको काश्मीरमा भएको घटनासम्मले यसमा प्रभाव पारेको व्यवसायी बताउँछन् । चीन विश्वकै सबैभन्दा बढी सुन उत्पादक राष्ट्र मानिने गरेकोे छ । सोही राष्ट्रको अहिले अमेरिकासँग व्यापारिक तनावको अवस्था हुँदा त्यसको असर सुनमा परेको बताइएको छ । अमेरिकाले हालै मात्रै चीनलाई आउँदो सेप्टेम्बर महिनादेखि सामानमा कर बढाउने घोषणा गरिसकेको छ । यसको असर सुनमा अहिले नै देखिइसकोको छ भने अझै देखिन समेत सक्नेछ ।

अन्तर्रा्ष्ट्रिय मिडियामा आएको एक तथ्यांकअनुसार अहिले विश्वका मानिस मध्ये ५० प्रतिशतले सुनलाई गहनाको रुपमा प्रयोग गरिरहेका छन् । ४० प्रतिशतले लगानीका लागि यसको प्रयोग गरेका छन् भन् १० प्रतिशतले उद्योगका रुपमा यसको प्रयोग गरिरहेका छन् । नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ । पछिल्लो चार दिनयता भने सुनको व्यवसाय ठप्प भएको शाक्यले बताए । मूल्य वृद्धि भएपछि दैनिक ५–७ किलो कारोबार हुने गरेको उनको भनाइ छ ।

Womui
Womui