नेपालगन्जका १३ वटा पसल जल्दा ३ करोड बराबरको क्षति

118

नेपालगन्ज, साउन २४-
नेपालगन्जको विपी चोक क्षेत्रमा १३ वटा पसल जल्दा करिव ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार राती करिव ११ बजेतिर सुरु भएको आगलागी बुधबार बिहान ५ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक बीरबहादुर ओलीले जानकारी दिए ।

ब्यवसायी हासिम अलि सिद्धिकीको बाबा फर्निचरमा ९० लाख, जासिम रज्जा सिद्धिकीको बाबा टे«डर्समा ५० लाख, पारस बडहीको बिन्देश्वरी फर्निचरमा ४० लाख, व्यवसायी सब्बिर हुसेन सिद्धिकीले सञ्चालन गरेको हिमालय स्टिल फर्निचरमा ३५ लाख, अलि हुसेनको सानिया स्टिल फर्निचरमा २० लाख, अनिस अन्सारीको वारसी काठ फर्निचर उद्योगमा २० लाख क्षति भएको प्रहरीले जनाएको छ । यस्तै साहिद अन्सारीको स्टार फर्निचरमा १५ लाख, रिजवान अहमद जसगढको न्यु रुवी स्टिल फर्निचरमा १० लाख, लड्डन गुड्डु भनिने अब्दुल वाहिद सिद्धिकीको एवन फर्निचरमा ८ लाख, हिराबहादुर रुचालको आलिया टे«डर्समा ५ लाख, जाविर अलि सिद्धिकीको अमन फर्निचरमा ५ लाख, सरदार डेन्टल आर्ट्समा ५ लाख र ब्यवसायी प्रतापसिंह ठाकुरको दर्ता नभएको पसलमा २ लाख क्षति भएको प्रहरी उपरिक्षक ओलीले बताए ।

आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर, र गुलरिया नगरपालिका तथा नेपालगन्ज विमानस्थलको दमकल प्रयोग गरिएको थियो । यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए । ‘दमकल आएपछि आगो निभाउने प्रयास भयो, तर पानी कहाँबाट ल्याउने भन्ने कन्फ्युज भयो, पछि खानेपानीको ट्यांकीबाट दमकलमा पानी भर्दै निभाउने काम ग¥यौं,’ ओलीले भने । पीडित ब्यापारीले भने दमकल समयमा आईनपुग्दा आगलागीबाट धेरै क्षति भएको गुनासो गरेका छन् ।

Womui
Womui