चालक निदाउँदा त्रिशुली नदीमा बस खस्यो, केहीको उद्धार, १६ भन्दा बढी बेपत्ता

251

छिनछिन खबर
काठमाडौँ–सर्लाहीको मलङ्गवाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा १६ भन्दा बढी यात्रु बेपत्ता भएका छन् । ना ६ ख ७४६९ नम्बरको बस चलाइरहेका चालक निदाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरको छ ।

दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले हराएका यात्रृहरुको खोजी कार्य जारी रहेको बताए । कति जना बेपत्ता छन् एकिन छैन भन्ने यकिन नभए पनि १६ जना भन्दा बढी हराइरहेको प्रहरीले अनुमान गरेको छ ।

मलंगवाबाट आएका यात्रृहरुको संख्या थाहा भएपनि बीच बाटोबाट चढेका यात्रृको संख्या एकिन हुन सकने हामी बुझ्दैछौँ’ प्रहरी उपरीक्षक बैदवारले भने । प्रहरीका अनुसार दुर्घटनाम चार जनाको मृत्यु भएको छ ।

Womui
Womui