सर्वाेच्चले माग्यो अजय सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल

110

छिनछिन खबर
काठमाडौं– व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल सर्वाेच्च अदालतले झिकाएको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले फाइल विभागबाट मगाएको हो ।

सुमार्गीले विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँको वैधानिकता विवादमा सर्वोच्चले फाइल मगाएको हो । सोही विषयमा सर्वाेच्च दुई बर्षदेखि मुद्दा विचाराधीन छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैंकले सुमार्गीको रकम रोक्का राखेको छ । आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ को माघ २१ मा सुमार्गी सर्वाेच्च अदालमा पुगेका थिए ।

Womui
Womui