वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन

36

छिनछिन खबर
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरेका छन् । मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै उनले यस्तो कार्यदल गठन गरेका हुन् ।

 

कार्यदलको संयोजकमा पूर्वसचिव सुशील घिमिरे छन् । चार्टर एकाउन्टेन्छ प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडे, क्याप्टेन सुशीर शमशेर राईलाई पनि कार्यदलमा राखिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई मन्त्रीले सदस्यसचिव तोकेका छन् ।

निगमका विभिन्न पक्षको अवस्था, समस्या र सुधारका उपायसमेत पहिचान गरी एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सुझाव कार्यान्वयन कार्ययोजनासमेत पेस गर्नगरी मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन भएको बताए ।

Womui
Womui