उपनिर्वाचनको तयारीमा जुट्यो आयोग, यी हुन् निर्वाचन हुन लागेका क्षेत्र

115

छिनछिन खबर
काठमाडौं–निर्वाचन आयोगले उप–निर्वाचनको तयारी सुरु गरेको छ । जसका लागि रिक्त स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको सूची सार्वजनिक गरेको छ । आयोगले उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा मंसिर १४ गते शनिबार उप निर्वाचन गर्ने गरी सूची तयार पारेको हो ।

आयोगले ३७ जिल्लामा उप–निर्वाचन गराउँदैछ । उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरि कुल ५० पदमा निर्वाचन हुँदैछ ।

यी हुन् निर्वाचन हुन लागेका क्षेत्र

 

 

Womui
Womui