बाँके निकुञ्ज आउने पर्यटक बढे

79

नेपालगन्ज– आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् । निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् ।

तीमध्ये १२ जना विदेशी पर्यटक छन् । उनीहरुबाट एक करोड चार लाख ४९ हजार ९८२ राजश्व संकलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए । निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेको थपलियाको भनाइ छ।

गत आर्थिक वर्षमा दुई जना मात्र पर्यटक निकुञ्ज भित्रिएका थिए । विसं २०६७ मा स्थापना भएको उक्त निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा बाघको सङ्ख्या २१ रहेको छ । रासस

Womui
Womui