मन्त्रीको नेतृत्वमा मुगुका आगलागी पीडितलाई राहत सामाग्री

145

सुर्खेत, साउन २२-
मुगुको खत्याड गाउँपालिका २ नम्बर वडा कार्यालय र नजिकैका अन्य चार घरमा अज्ञात समुहद्वारा गरिएको आगजनीबाट पुर्ण रुपले क्षति भएका घर परिवारलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा पुगेको टोलीले राहत वितरण गरेको हो ।

नेपाली सेनाको हेलिकप्टरमा एक टोली घटनास्थल पुगी राहत वितरण गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णबहादुर रोकायाले बताए । सो क्रममा प्रदेश सांसद चन्द्रबहादुर शाही, दानसिंह परियार, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो । सोही हेलिकप्टरमा अग्नि पीडित १० जनालाई उद्दार गरि सुर्खेत ल्याइएको रोकायले जानकारी दिए ।

मन्त्री भण्डारीले घटना स्थलको प्रत्यक्ष अवलोकन गरि प्रदेश सरकार प्रत्येक जनताको घर दैलोमा रहेकाले कोही कसैले पनि असुरक्षित महसुस नगर्न अग्नि पीडितलाई सान्त्वना दिए । उनले दोषीलाई सुक्ष्म अनुसन्धान गरि कानुनी दायरामा ल्याएर हदै सम्मको कारवाही हुने आश्वासन दिए । सो टोलीले खाद्य सामग्री, टेन्ट लगायतका सामाग्री वितरण गरेको छ ।

Womui
Womui