साउदी अरबमा नयाँ कानुन, अभिभावकबिना महिलाले हिँड्डुल गर्न पाउने

95

मार्टिन चुलो
साउदी अरबमा नयाँ कानून लागू भएको छ । अब साउदी महिलाले पुरूष अभिभावकको अनुमतिबेगर यात्रा गर्न, सम्बन्ध विच्छेद गर्न र ‍औपचारिक कागजपत्रका लागि आवदेन दिन सक्नेछन् ।

साउदी महिलाले नयाँ कानूनको स्वागत गर्दै पुरातनवादी सोचको प्रतिरोध अब समाप्त हुने बताएका छन् । अभिभावकत्वको कानूनले साउदी अरबका महिलाको लैङ्गिक र सामाजिक भूमिका साँघुरो र सीमान्तकृत बनाउँदै गएको छ । नयाँ कानूनको धेरै लामो समयदेखि प्रतिक्षा भइरहेको थियो। अहिले यो साउदी अरबको सुधार कार्यक्रमको केन्द्रीय विषय बनेको छ। कठोर कानून र परम्पराले साउदी अरबलाई विश्वकै दमनकारी देश बनाएको छ ।

राजधानी रियाधमा नयाँ कानूनबारे महिलाले खुलेर प्रशंसा गरेका छन्। उनीहरूलाई साउदी अरबको पुनर्जन्म बताए। यसले साउदी अरबका महिलाको अवस्थामा धेरै सुधार ल्याउने उनीहरू बताउँछन् । ‘मेरा लागि यसको ठूलो महत्व छ। अब समय आएको छ,’ उमेरले तीसको दशककी महिला अजाहले भनिन्,‘सन् २००० मा बुवा बित्नुभयो । पासपोर्ट नवीकरण गर्दा प्रत्येक पटक समस्या भोग्नुपरेको छ।

सन् २०१८ मा कुनै अभिभावक नभई मैले पासपोर्ट नवीकरण गर्न सकें। पासपोर्ट कार्यालयमा एक्लै सङ्घर्ष गर्नु रमाइलो अनुभव हुँदैन । अझ धेरै स्वतन्त्रता आउनेछ भन्नेमा मलाई विश्वास छ ।’‘पुरातनवादीले आँट गरेर कुनै गतिरोध खडा गरे असफल हुनेछन्। भर्खर सुरूवात भएको छ। साउदी अरबका अधिकांश युवा तयार छन्। हो, यात्रा सुमधुर हुने छैन। समानताको लडाइ कहिले पो सजिलो थियो र? तर प्रक्रिया सुरू भएको छ।

साउदीको पुनर्जन्म भएको मैले अनुभव गरेकी छु। भविष्य उज्यालो देखिन्छ । हामी उत्साहित छौं र उत्तिकै दृढ पनि ।’ नेसनल फ्यामिली सेफ्टी प्रोग्राम (एनएफएसपि)का कार्यकारी निर्देशक डा. माहा अल मुनिफ भन्छन्,‘पुरूषमाथि निर्भरताको अन्त्य भएको छ। हामी बलियो र सशक्त अनुभव गरिरहेका छौं। यसले मलाई महिलाको हुनुको पूर्णता दिएको छ ।

मानवअधिकारको दृष्टिकोणबाट मात्र नभएर व्यवहारिक तहमा पनि हामी पुरूष बराबर छौं भन्ने यसले देखाएको छ। यो परिवर्तनले महिलालाई चाहेको ठाउँ जान, व्यवसाय गर्न, सम्मेलनमा सहभागी हुन, सिक्न र थप सशक्त बन्न सहयोग गर्नेछ । ३२ वर्षीया एमबिए ग्राजुएट अबिर मुबारक बिन फहाद अहिले कामको खोजिमा छिन्। उनी पनि एकदमै उत्साहित छिन्। परिवर्तनको प्रभाव पुरूषका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उनले बताइन् ।

‘परिवर्तनमा बानी नपरेका र समानताको विरोध गर्दै आएका साउदी पुरूषका लागि नयाँ कानूनले के अर्थ राख्छ भन्ने प्रश्न हो,‘ उनी भन्छिन्,‘पुरातनवादीले केही गर्न सक्दैनन् । उनीहरूले कानून पालना गर्नुको विकल्प छैन । नभए हामीलाई छाडेर मरूभूमि जान सक्छन्। त्यहाँ कुनै कानून, कुनै नियम छैन। मन लागेको गर्नसक्छन्। त्यही रमाउन सक्छन् ।’ उत्तरी साउदी अरबको शहरमा एउटा सार्वजनिक अस्पतालकी ३५ वर्षीया नर्स वसन हाडी आलेञ्जी सावधान छिन्। ‘हामीकहाँ रियाधभन्दा बलियो र कडा परम्परा छ ।

Womui
Womui