यस्तो थियो– सुष्मा स्वराजको अन्तिम ट्‍वीट

96

छिनछिन खबर
काठमाडौं–हृदयाघातबाट निधन हुनुअघि भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजले गरेको ट्‍वीट यतिखेर निकै चर्चामा छ । उनले मंगलबार साँझ जम्मु (कश्मीरबारे गरेको ट्‍वीट उनको जीवनकै अन्तिम सार्वजनिक धारणा बन्यो । ट्वीट गरेको करिब सवा घण्टामा उनको अल इन्डिया इन्टिच्युट अफ मेडिसिन (एम्स) निधन भयो ।


स्वराजले जम्मु–कश्मीरलाई दिएको विशेषाधिकार खारेज गर्ने भारतीय संसद्को निर्णय र त्यसका लागि नेतृत्वकर्ता प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिएकी छन् । ‘प्रधानमन्त्रीजी! तपाईंलाई हार्दिक अभिनन्दन, म मेरो जीवनमा यी दिन देख्‍नका लागि प्रतीक्षारत थिएँ ।’

स्वराजको त्यो अन्तिम ट्‍वीटअघि पनि विभिन्‍न ट्‍वीटमार्फत् मोदी सरकार र भाजपाले कश्मीरका सन्दर्भमा लिएको निर्णयको उच्च प्रशंसा गरेकी थिइन् ।
उनको अन्तिम ट्‍वीटमाथि मृत्यु घोषणापछि पनि निरन्तर रिट्‍वीट, फेब र प्रतिक्रिया प्राप्त भइरहेको छ ।

Womui
Womui