डिजेल, पेट्रोल महँगियो, खाना पकाउने ग्यास सस्तियो

140

छिनछिन खबर
काठमाडौं– नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य वृद्धि गरेको छ । पेट्रोल प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर ५० पैसा बढाइएको छ ।

निमगले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार तीन सय ७५ रुपैयाँमा झरेको छ ।

Womui
Womui