जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उड्यो

126

एजेन्सी– जापानको इलेक्ट्रोनिक्स कम्पनी एनइसी कर्पले निर्माण गरेको उड्न सक्ने कार पहिलो पटक प्रदर्शन गरिएको छ ।


परीक्षणका क्रममा उक्त कार ३ मिटर उचाइसम्म उड्न सफल भएको थियो । करिब एक मिनेटसम्म उक्त कार हावामा एउटै स्थानमा स्थिर अवस्थामा रहेको थियो । ड्रोन जस्तै देखिने यो कार एक ठूलो मेसिन जस्तै लाग्छ । यसमा चारवटा पंखा लगाइएको छ । एनइसीले सुरक्षालाई ध्यानमा राख्दै यो कारको परीक्षण चारै तिर जालीले घेरिएको पिँजडा जस्तो स्थानमा गरेको थियो ।

Womui
Womui