कर्णाली प्रदेशमा अझै ६ सयभन्दा बढी कर्मचारी अपुग

52

छिनछिन खबर
सुर्खेत– कर्णाली प्रदेश सरकारले आफू मातहतका कार्यालयका लागि ६ सयभन्दा बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । जसले गर्दा नियमित काममा समस्या भइरहेको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी अझै हाजिर भएका छैनन् । हालसम्म ९ सय ३६ कर्मचारी हाजिर भएको र ३९८ कर्मचारी हाजिर हुन बाँकी रहेको कार्यालयले जनाएको छ । कर्णाली प्रदेशमा दरबन्दी अनुसार ६ सय ५८ कर्मचारीको अपुग रहेको बताइएको छ । समायोजनका क्रममा कर्णाली प्रदेशका लागि १ हजार ९ सय ९२ कर्मचारीको दरबन्दी छुट्याइएको थियो । १ हजार ३ सय ३४ कर्मचारीले मात्रै कर्णालीलाई रोजेका थिए ।

कर्णालीलाई सबैभन्दा बढी प्राविधिक समूहका कर्मचारीहरुको अभाव रहेको छ । वनतर्फ हाजिर हुन आएका २ सय ८२ कर्मचारीमध्ये सबैभन्दा धेरै श्रेणीविहीन वनरक्षक २ सय ४० हाजिर भएका छन् । इञ्जिनीयरिङ ५९, कृषितर्फ १ सय ३, योजना तथा तथ्याङ्कमा ६, विविधमा २९, स्वास्थ्यतर्फ ३ कर्मचारीहरु कर्णालीमा हाजिर भएका छन् ।

Womui
Womui