खजुराका अपांगता बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन पहल

136

नेपालगन्ज, साउन २१-
बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा रहेका सम्पुर्ण अपांगता बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन पहल गरिएको छ ।  खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार अपांगता बालबालिकालाई लक्षित गरेर स्थापना भएको लेखाजोखा केन्द्र उद्घाटन गर्दै यस्तो बताएका हुन् । केन्द्र स्थापना भएपछि कुनैपनि अपांगता बालबालिका बिद्यालय बाहिर नहुने उनको विश्वास छ । ‘लेखाजोखा केन्द्र स्थापना भईसकेपछि अपांगता बालबालिकाको सम्पुर्ण कुराको विवरण लिन अब सहज हुनेछ,’ उनले भने ।

गाउँपालिका क्षेत्रमा रहेका सबै बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन आफुहरु प्रयत्नशिल रहेको बताए । खजुरालाई शैक्षिक, स्वास्थ्य र कृषिको हब बनाएरै छाड्ने अध्यक्ष कक्षपतिको जिकिर छ । सो क्रममा राष्ट्रिय अपांगता महासंघ प्रदेश पाँचका अध्यक्ष देविदत्त आचार्यले राज्य पुर्नसंरचना भएपछि लेखाजोखा केन्द्र स्थापना गरी अपांगता बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन प्रयास गरिएको बताए ।

उक्त कार्यक्रमका बीच अपांग शसक्तीकरण तथा सञ्चार केन्द्रले गाउँपालिकालाई कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, युपिएस, मल्टीप्लक, स्टेशनरी, टेबल, कुर्सी, दराज लगायत सामाग्री हस्तान्तरण गरेको छ । सो क्रममा खजुरा गाउँपालिका शिक्षा र स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको सञ्चार केन्द्रकी सुनिता पन्तले जानकारी दिईन् ।

Womui
Womui