कृषि विकास बैंकको लाभांश क्षमता २२ प्रतिशत बढी

38

छिनछिन खबर
काठमाडौं– कृषि विकास बैंकले गत आर्थिक बर्ष ४ अर्ब ३५ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४÷७५ मा बैंकले ३ अर्ब ६५ करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा १९ प्रतिशतले बढेको हो ।


बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ३१ करोड रहेको छ । यस हिसाबले बैंकले २२.९१ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

तर नियामकीय पुनरावलोकन र थप प्रोभिजन तथा विगतको संचित वितरणायोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता भने फरक पर्न सक्छ । हाल बैंकको चुक्ता पुंजी १४ अर्ब ४४ करोड रहेको छ । १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब रहेको छ ।

यस अवधिमा बैंकको जगेडा कोष १० अर्ब ४० करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ७.६१ प्रतिशतले बढेको ७ अर्ब ३७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.९० प्रतिशत रहेको छ ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ९.१६ गुणा, प्रतिशेयर नेट वर्थ ३१४.१८ रुपैयाँ, प्रति शेयर आम्दानी ४४.६७ रुपैयाँ, , आधार ब्याजदर १०.५८ प्रतिशत, कोषको लागत ७.४१ प्रतिशत ,स्प्रेड दर ४.६८, पुँजी पर्याप्तता अनुपात २०.३३ , तरलता २८.९६ र सीसीडि ७८.७२ रहेको छ ।

Womui
Womui