अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली प्रहार, कम्तीमा २० जनाको मृत्यु

96

एजेन्सी
काठमाडौं– अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन् । यसरी गोली चलाउँदा कम्तीमा २० सर्वसाधारणको ज्यान गएको छ । टेक्सासका एल पासो सहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताए । उनले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । एल पासो सहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोली चलेको हो ।

यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन् । उनी एक्लैले गोली चलाएको अनुमान छ । ती आरोपी व्यक्तिको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।

एल पासो प्रहरी विभागले रगतको आवश्यकता परेकाले तत्काल रक्तदान गरिनु पर्ने अपिल गर्दै ट्वीट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन् ।

Womui
Womui