उप निर्वाचन मंसिर १४ गते निर्णय

37

छिनछिन खबर
काठमाडौं– निर्वाचान आयोगले संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने भएको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति मंसिर १४ गते तय गरेको जानकारी दिएको हो ।


निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले कामलाई तीव्रता दिएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेसँगै निर्वाचनको मिति तोकिएको हो ।

जसमा संघमा १, प्रदेशमा ३, स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन हुनेछ । त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् ।
सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो ।

Womui
Womui