सहकारीको ब्याज १६ प्रतिशतमा सीमित, लागू होला ?

40

छिनछिन खबर
काठमाडौं– सरकारले सहकारी संस्थाहरूको ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकेको हो ।


विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको जानकारी दिए । बिभागले साउन १९ गते आइतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था पनि गरिएको जनाएको छ ।

सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो । सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्य्विधि र निर्दे्शिका बनाउने कार्यलाई पनि अघि बढाइएको जनाएको छ ।

Womui
Womui