मेस्सीले ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने

70

एजेन्सी
काठमाडौं– अर्जेन्टिेनी स्टार लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा ३ महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लागेका मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट ३ महिनाको प्रतिबन्ध लगाइएको हो । ३२ बर्षका उनीमाथी तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरेको आरोप लगाइएको छ ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई ३ महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ । मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् । प्रतिबन्धसंगै मेस्सीले अर्जे्न्टिनाले चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण फुटबल गुमाउनेछन् ।

अर्जे्न्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट शुरु गर्नेछ । कोपा अमेरिकामा अर्जे्न्टिना सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले हारेको थियो । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीमाथी लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी ३७ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । अन्तिममा उनले पदक लिन समेत अस्विकार गरेका थिए ।

Womui
Womui