गुडिरहेकै गाडीबाट १७ लाखको सामान चोर्ने ४ जना पक्राउ

100

छिनछिन खबर
काठमाडौं,साउन १७ । घरको कोठा वा व्यापारिक संस्थानमा दिन वा रातको समयमा चोरी भएको त सुनिएकै छ । तर राजधानीमा गुडिरहेकै गाडीबाट सामान चोर्ने चोर पनि भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले साउन १६ गते बिहिबार करिब १७ लाख बराबरको सामान चोरी गर्ने समूहका सदस्यहरुलाई पक्राउ गरेको छ ।

गुडिरहेकै गाडीबाट सामान चोरी गर्ने कार्यमा संलग्न नागार्जुन नगरपालिका ४, काठमाडौंका २४ वर्षीय अमित तुलाधर, सोही ठेगानाका २१ वर्षीय अब्य तुलाधर, सोही ठेगानाका ३३ वर्षीय हरिकृष्ण तिवारी र जुम्लाको सिंजा स्थायी घर भई हाल सितापाइला काठमाडौं बस्ने वर्ष २५ का हरि शर्मालाई अपराध महाशाखाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

यसरी चोरेका थिए सामान
गएको साउन ८ गते वल्र्ड लिंक कम्युनिकेशनको १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको सामान जावालखेलको कुसुन्ती कार्यालयबाट चितवन, हेटौंडा र बुटवल पठाउन कार्गोलाई जिम्मा दिइएको थियो । उक्त सामानहरु ट्रान्स एअर इन्टरनेशनल लजिष्टिक प्रालिलाई जिम्मा दिइएको थियो ।उक्त सामानहरु आन्तरिक विमानबाट ती स्थानहरुमा पठाउन लैजाँदै गर्दा यी व्यक्तिहरुले उक्त सामान शंखमुल क्षेत्रबाट गुडिरहेकै गाडीबाट चोरी गरेका थिए । ती व्यक्तिहरुबारे सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई चोरकिा सामानसहित पक्राउ गरेको हो ।

Womui
Womui