भारत पुगेका ६ सय ९७ जना महिला तथा बालबालिकाको अवस्था अज्ञात

117

नेपालगन्ज, साउन १५-
जोखिमपुर्ण कामका लागि भारत पुगेका ६ सय ९७ जना महिला तथा बालबालिकाको अवस्था अज्ञात रहेको पाइएको छ । मानव दलालले कामको प्रलोभन देखाएर महिला तथा बालबालिकालाई भारत पु¥याई श्रम तथा यौन शोषण गर्ने गरेका छन् । दलालले उनीहरुलाई विभिन्न माध्यम प्रयोग गरी नेपालगन्ज लगायत आसपासका अबैध नाकाबाट भारत पु¥याएको माईती नेपालले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा माईती नेपाल नेपालगन्जमा खोज तलासका लागि ८ सय ३३ वटा निवेदन परेकोमा १ सय ३६ जना मात्र फेला परे । माईती नेपालले एक वर्षको अवधिमा जोखिमपुर्ण यात्रामा रहेका ९ सय २ जनालाई सिमानाबाट उद्धार गरी आवधिक गृहममा प्रवेश गराएको छ । यस्तै ९ सय १ जनालाई मानव बेचबिखन र सुरक्षित बसाई सराईबारे जानकारी दिएर पारिवारीक पुर्नमिलन गराइएको माइती नेपालले जनाएको छ । श्रम र यौन शोषणमा परेका ५७ जनालाई उद्धार गरेर नेपाल फर्काइएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोईरालाले जानकारी दिए । माइती नेपालले ३ सय ५१ लाई बोडरबाट परामर्श दिई घर फिर्ता गराएको छ । उक्त संस्थाले ८ जनालाई सिप मुलक तालिम प्रदान गरेको छ । उक्त आर्थिक वर्षमा माइती नेपालले बेचविखन सम्बन्धी २ वटा मुद्दा दर्ता गरेको छ ।

माइती नेपालले मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउने, सिमा क्षेत्रमा निगरानी गर्ने, जोखिमपुर्ण यात्रामा रहेका महिला बाल बालिकाको उद्धार, आवश्यक परामर्श प्रदान, बेचबिखन र हिंसामा परेका महिला बाल बालिकाको उद्धार, आवश्यक परामर्श, पुर्नस्थापना, पैरवी लगायत काम गर्दै आएको छ । मानव बेचबिखनविरुद्ध समुदाय स्तरबाटै रोकथाम गर्ने उद्धेश्यले बिद्यार्थी, युवा र अभिभावक समेतको समुह गठन गरि तालिम दिई उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखिकरण एवम् चेतनामुलक अभियान सञ्चालन भईरहेका छन् ।

Womui
Womui