बाँके निकुञ्जमा बाघ बढे, २१ पुग्यो संख्या

93

धम्बोजी– बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेकोमा अहिले बाघको सङ्ख्या बढेर २३५ भएको बताए ।

 

 

विसं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५–७६ मा १०० जनाले अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए । बाँके निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी तथा अपराध अवैध व्यापारका ५४ वटा मुद्दा छन् ३७ वटा अदालतमा मुद्दा परेका छन् भने १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् ।

चोरी शिकारी गरेको आरोपमा ३३८ जना पक्राउ परेको उनले बताए ।
रासस

Womui
Womui