योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त

161

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन् ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि मन्त्री पद खाली थियो । त्यसयता पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका थिए । पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ ।

२०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिएका भट्टराई ताप्लेजुङबाट नेकपाका प्रतिनिधिसभा सदस्य हुन् । २०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका उनी २०५१ मा अनेरास्ववियुको सभापति भएका थिए । २०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष भट्टराई थिए भने महासचिव रवीन्द्र अधिकारी थिए ।

Womui
Womui