प्रचण्ड श्रीमती छोरी नाती नातिनी सहित यूएई भ्रमणमा

131

छिनछिन खबर
काठमाडौं, साउन १४ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएका छन् । पार्टीको सचिवालय बैठक आधा महिना स्थगन गरेको भोलिपल्ट अध्यक्ष प्रचण्ड मंगलबार विदेश लागेका हुन् ।

उनका साथमा पत्नी सीता, छोरीहरू रेणु र गंगासहित तीन बच्चा छन् । यो पारिवारिक भ्रमण रहेको उनको निजी सचिवालयले जनाएको छ । लामो समयदेखि बिरामी सीताले इच्छाएपछि प्रचण्डले भ्रमण मिलाएको जनाइएको छ । उनी साउन १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Womui
Womui