पूर्वउपसचिव विष्णुप्रसादको घरमा गोली हानेको आशंकामा इन्जिनियर खनाल पक्राउ

35

छिनछिन खबर
काठमाडौं, साउन १४ । कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आशंकामा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई पक्राउ गरेको छ । तर खनालले नै गोली चलाएको भन्ने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिइबीका कारण खनालले गोली चलाएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसनधान अघि बढाएको छ ।

पक्राउ परेका खनालको घरबाट प्रहरीले दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको बताएको छ । उक्त हतियार लाइसेन्सप्राप्त भएको प्रहरीको भनाई छ । बरामद गरिएका हतियारबाट नै गोली चले नचलेको यकिन गर्न फरेन्सिक जाँचका लागि पठाएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार राति साढे ८ बजे शर्माको घरको दोस्रो तलामा गोली भेटिएको थियो । गोली चल्दा मानवीय क्षति भएको छैन । शर्माकी छोरी पढिरहेको अवस्थामा गोली कोठामा प्रवेश गरेको थियो । उक्त गोली सानो पेस्तोल एयर गनको भएको प्रहरीले जनाएको छ ।

Womui
Womui