चितुवाको छालासहित दुईजना पक्राउ

134

कैलाली, साउन १४ । कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् ।

चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ ।छाला बिक्री गर्नका लागि गोदावरी नगरपालिकाको अत्तरियामा राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

रासस

Womui
Womui