मलाई हेग लगे राम्रै हुन्थ्यो–प्रचण्ड

42

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग लगे पनि केही फरक नपर्ने बताएका छन् । उनले आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार देशलाई गलत दिशामा लैजाने डिजाइन अनुसार भएको दाबी गरेका छन् ।

आफ्नै निवासमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर केही व्यक्ति र समूह लागेको उनको भनाइ छ । अन्तर्रा्ष्ट्रिय अदालतमा लगेर प्रचण्डलाई झुण्ड्याउने भनेर प्रचार गर्दै केही हिँडेको भन्दै प्रचण्डले परिवर्तन नचाहने तत्वको काम भएको टिप्पणी गरे ।

उनले आफूलाई हेग लगे त्यहाँबाट हिरो भएर आउने बताए । प्रचण्डले भने ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन । त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु । संसारले मलाई एकैपटक चिन्छन् । संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ । त्यो मेरो लागि गर्वको कुरा हुन्छ तर ’ मलाई यिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’

Womui
Womui