कक्षा १२ को नतिजा सार्वजनिकः यस्तो छ नतिजा

32

छिनछिन खबर
काठमाडौं– कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ तीन हजार ६७ जनाले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् ।

त्यस्तै १६ हजार दुई सय चार जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ५६ हजार पाँच सय तीन जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् भने ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए ल्याएको बोर्डले जनाएको छ । ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.० जीपीए ल्याएका छन् ।

त्यसैगरी १९ हजार जनाले १.२१ देखि १.६० जीपीए ल्याएका छन् भने ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० ल्याएका छन् । १३ हजार ३ सय ६२ जनाले ०.०० देखि ०.८० जीपीए ल्याएको बोर्डले जनाएको छ । बोर्डका अनुसार आंशिक परीक्षार्थीमध्ये २३ हजार ९ सय १५ जना (४१.८३ प्रतिशत) उतिर्ण भएका छन् ।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा सार्वजनिक गर्न थालेको हो । नियमित तर्फ २ लाख ९२ हजार एक सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार सात सय ४४ र आंशिकतर्फ ५७ हजार एक सय ७० जनाले परीक्षा दिएका थिए ।

Womui
Womui