काँग्रेस र राजपाले नाराबाजी गर्दै संसद अवरुद्ध

87

छिनछिन खबर
काठमाडौं, साउन १३ । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध बनाएका छन् । संसद बैठक शुरु भए लगत्तै दुई पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । विरोधका बीच सभामुख कृष्णबहादुर महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।

उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन गठन गर, संसदीय सर्वोच्चता कायम गर, मानव धिकारको हनन गर्न बन्द गर जस्ता नारा लगाएका थिए । सभामुख महाराले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको समसामायिक विषयहरु राख्न नपाएको भन्दै अवरोध हटाउन विशेष अनुरोध गरेका थिए ।

Womui
Womui