घरायसी विबादका कारण चिर्पटले हान्दा बुवाको  मृत्यु

120

छिनछिन खबर

कैलाली, साउन १३ ।   गोदावरी नगरपालिका–५ बर्बाटामा छोराले बुवाको हत्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो । उपचारको क्रममा अम्मरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुमाल बुवाको हत्या गरेपछि फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले सोही नगरपालिकाको वडानम्बर १ को हाटबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एक प्रहरी जवानले जानकारी दिए ।

Womui
Womui