पारसको अर्धशतकमा कुवेतविरुद्ध नेपालको जित

32

छिनछिन खबर
काठमाडौं–कप्तान पारस खड्काको अर्धशतकीय उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतविरुद्ध सहज जित निकाल्न सफल भएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।


कुवेतले दिएको १४२ रनको लक्ष्य पछएको नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले ४२ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६८ रन बनाए । नेपालका शरद भेषवाकरले ३८ रनको योगदान गर्दा उप–कप्तान ज्ञानेन्द्र मल्ले १९ र रोहित कुमार पौड्यलले ६ रनको योगदान गरे ।

बलिङतर्फ कुवेतका लागि मोहम्मद कासिफले तीन विकेट लिए । त्यस बाहेकका कुनै पनि बलरले विकेट झार्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो । कुवेतका लागि कप्तान मोहम्मद कासिफले सर्वा्धिक ४९ रनको योगदान गरे ।

त्यस्तै कुवेदका अदान इदरसले २५ रन जोड्दा मोहम्मद अश्लामले २३ र १७ रनको योगदमान गरे । कुवेतका लागि रभिज सन्दरावनले १५ र बिलाल ताहिरले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई र अविनाश बोहराले एक विकेट लिए । अब नेपाललाई ग्लोबल छनोट हुन सिंगापुरविरुद्धको खेलमा जित आवश्यक छ ।

Womui
Womui