नेपाललाई १ सय ९२ रनको लक्ष्य

94

छिनछिन खबर
काठमाडौं– आइसिसी विश्वकप छनोटमा आयोजक सिंगापुरले नेपाललाई १ सय ९२ रको विशाल लक्ष्य दिएको छ । टिम डेभिडको अर्धशतकमा प्रेरित सिंगापुरले टि–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाललाई १ सय ९२ रनको भारी लक्ष्य दिएको हो ।

 

टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९२ रनको लक्ष्य दिएको हो । इन्डियन एशोसिएसनको मैदानमा सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए ।

सिंगापुरलाई फराकिलो रनतर्फ डोर्याएका टिम अभिनाश बोहराको बलमा ज्ञानेन्द्र मल्लमार्फत क्याच भए । नेपालका अभिनास बोहराले ४ विकेट लिए । करण केसीका नाममा २ विकेट रह्यो । १ सय ९२ रनको लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको विजेता युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

त्यहि भएर दुबै टोली जितको लक्ष्यमा छन् । सिंगापुरले अहिलेसम्म कुनै खेलमा हार बेहोरेको छैन भने नेपाल कतारसँग पराजित भएको थियो । अंकतालिकामा सिंगापुर ५ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

Womui
Womui