हतियार उठाउनु आवश्यकता छैनः वैद्य

35

छिनछिन खबर
जनकपुर–नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले देशमा यतिखेर हतियार उठाउन आवश्यक नरहेको बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले यस्तो बताएका हुन् ।

वैद्यले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको समेत बताए । उनले आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको रगतको मूल्य चुक्ता गर्नुपर्ने बेलामा नेकपाले सत्ताको भोग विलासमा रहेर आफैले ल्याएको विभिन्न आन्दोलनको एजेण्डा विर्सिनु दुःखद रहेको बताए ।

उनले लोकसेवा आयोगले निकालेको विज्ञापन पनि आन्दोलनको जनभावना विपरित आएको बताए । उनले विप्लब नेतृत्वको नेकपाको कार्य्दिशा नै अलमल रहेको बताए ।

Womui
Womui