३७ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने!

23

छिनछिन खबर
काठमाडौं, ३ साउन । आर्थिक वर्ष ०७५र७६ को ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले ११ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा ७९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएको हो ।


राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा २०७५र७६ को समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर ७.३ प्रतिशत थियो ।

रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने तीव्ररुपमा घटेको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

Womui
Womui