११ महिनामा भित्रियो नौ अर्व रेमिट्यान्स

41

छिनछिन खबर
काठमाडौं–आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा आठ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आठ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ विप्रेषण भित्रिएको उल्लेख गरेको छ ।

११ महिनाको समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको हो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३७.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

Womui
Womui