४ किलो आइस ड्रग्ससहित त्रिभुवन विमानस्थलमा पोर्चुगिज नागरिक पक्राउ

50

छिनछिन खबर
काठमाडौं, साउन ३ । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले लागूऔषध आइस डग्ससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोर्चुगिज नागरिक राहदानी नं. ७२०१२९२ बाहक मेन्डिज पेरिरा छन् ।

विमानस्थल प्रहरीका एक अधिकृतका अनुसार उनको साथबाट ४ किलो ३ सय ८० ग्राम आइस एम्फिटामिन बरामद भएको छ ।

विभिन्न बट्टामा फल्स बटम बनाएर ल्याउने क्रममा लागूऔषध समाएकिो प्रहरीले जनाएको छ ।

एक्सरे जाँचका क्रममा लागूऔषध बरामद भएपछि अहिले लागूऔषध ब्युरोले विस्तृत अनुसन्धान थालेको छ ।

Womui
Womui