श्रम मन्त्रालयद्वारा ६ उद्यमीलाई सम्मान

38

छिनछिन खबर
काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरी फर्किएर स्वदेशमा व्यवसाय गरी उद्यमी बनेका छ युवालाई सम्मान गरेको छ । मन्त्रालयमा आयोजिक एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्यमीहरुलाई सम्मान गरे ।

लामो समय वैदेशिक रोजगारीमा गएर स्वदेश फर्की व्यवसाय गरी रोजगारीसमेत सिर्जना गर्ने युवालाई हौसला स्वरुप सम्मान गरिएको मन्त्रालयका सचिव महेश दाहालले बताए । सोही कार्यक्रममा बोल्दै मन्त्री विष्टले देशलाई आर्थिक रुपमा बलियो र आत्मनिर्भर बनाउन युवा परिचालनमार्फत पुरानो सोंच र मानसिकता हटाउनु पर्ने बताए । सम्मानित हुनेमा नवराज पौड्याल, दीपक चापागाई, निरबहादुर राउत, एकबहादुर सिङ्ताङ्, मनोजकुमार भारती, शर्मिला अधिकारी र त्रिलोचन पनेरु छन् ।

पुरस्कृत छजनामध्य पाँच जनालाई ५०÷५० हजार र नवराज पौड्याललाई उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार स्वरुप एक लाख नगर प्रदान गरियो । रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, आयात प्रतिस्थापन, आयात प्रतिस्थापन तथा सामाजिक उत्तरदायित्व र योगदानको आधारमा उत्कृष्ट पुरस्कार घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

Womui
Womui