टी–२० सिरिजमा नेपालको दोस्रो जित, नेपालले बनायो ५ रेकर्ड

38

छिनछिन खबर
काठमाडौं–नेपालले मलेसियाविरुद्ध २ खेलको टी–२० सिरिजको दुवै खेलमा ‘क्लिन स्विप’ गरेको छ । दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हरायो ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । क्वालालम्पुरस्थित किनरारा ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनायो । जवाफी ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाएर १६७ रन मात्र जोड्न सक्यो ।

यो खेलमा नेपालले पाँच वटा रेकर्ड समेत बनाएको छ । उच्च रन, पहिलो क्लिन स्विप, दुई इनिङमा उच्च योगफल, कम अन्तरको जित र विनोद भण्डारीको अर्ध सतक नयाँ रेकर्ड हुन् ।

६ विकेटको क्षतिमा १७३ रन बनाउनु नेपालको टी(२० अन्तर्रा्ष्ट्रिय खेलमा उच्च स्कोर हो । यसअघि नेपालको टी–२० अन्तर्रा्ष्ट्रिय खेलमा उच्च स्कोर १४९ रन थियो । सन् २०१४ को टी–२० विश्वकपमा नेपालले हङकङविरुद्ध ८ विकेटको क्षतिमा १४९ रन जोडेको थियो । त्यस्तै नेपालले टी–२० अन्तर्रा्ष्ट्रिय सिरिज पहिलो पटक क्लिन स्विप गरेको हो ।

Womui
Womui