बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो, दर्जन बढी बेपत्ता

95

छिनछिन खबर
काठमाडौं–अविरल बर्षापछिको बाढी र पहिरोमा परी मृत्यु हुनेको ४४ पुगेको छ । बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम अझै रोकिएको छैन । अझै पनि दर्जन भन्दा बढी सर्वसाधारण बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रदेश नम्वर १, २ र ३ मा सवैभन्दा बढी मानवीय क्षति भएको छ भने अर्बाैको धनमाल नष्ट भएको छ । काठमाडौं, ललितपुर, खोटाड, धार्दिड, रौतहत, पूर्वी रुकुम र डोल्पामा गरी ४४ जनाको ज्यान गएको छ । वर्षा नरोकिएका बाढी र पहिरोको सम्भावना अझै टरेको छैन ।

देशका विभिन्न स्थानमा नेपाली सेनाले ८ हजारको जनशक्ति परिचालन गरेको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि ठुलो मात्रामा परिचालन गरिएको छ । तीन सुरक्षा निकायले जोखिममा परेका ३५८ जनाको सकुशल उद्धार गरेको जनाएका छन् ।

Womui
Womui